हेम गिरी
भुटानी शरणार्थी शिविर शनिश्चरेको युवा मैत्री केन्द्रले जुलाई १९ तारिक देखि सुरु गरेको ८ दिने फाइन आर्ट र व्यानर लेखन तालिम जुलाई २७ तारिक सम्पन्न भएको छ । तालिमको समापनको अवसरमा फाइन आर्ट र व्यानर लेखन प्रतियोगिता पनि भएको थियो ।
युवा वर्गमा पनि कलाको विकास होस् भन्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रमको एक समारोहबीच विशेष अतिथिद्धय युवा मैत्री केन्द्रका कार्यक्रम संयोजक फादर पिटर जोङ लेप्चा र युएनएचसीआरकी प्रतिनिधि मियो काडोले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । तालिममा सातवटै शिविर स्थानीय र एपीएफबाट नव चित्रकारहरुको सहभागिता थियो । सहभागीहरुलाई भूटानी चित्रकारद्धय नवल खतिवडा र डीवी सारुले तालिम दिएको थिए भने प्रतियोगिताको निर्णायक पनि उनीहरु नै थिए । तालिममा सहभागिता मध्ये फाइन आर्ट प्रतियोगितामा लागुपदार्थ सेवनकर्ताको चित्र राम्रो बनाई गोलधाप शिविरका मंगल लिम्बू प्रथम भएका थिए भने शनिश्चरे शिविरका देउकुमार राई र चन्द्रवीर राई क्रमशः दोस्रो र तेस्रो भएका थिए । बेलडाँगी शिविरकी रेनुका राई चौथो हुन सफल भएकी थिइन् ।
त्यसै गरी व्यानर लेखन प्रतियोगितामा गोलधाप शिविरकी बनिया प्रधान प्रथम भएकी थिइन् ।शनिश्चरे शिविरका लोकेन सुब्बा र शनिश्चरे १ ऐयावारीकी निमा तामाङ तेस्रो भएका थिए । गोलधाप शिविरका काशी कँडेल चौथो भएका थिए । उक्त प्रतियोगिता प्रथम, दोस्रो, तेस्रो र चौथो हुने चित्रकारहरुलाई नगद पुरस्कार र प्रमाणपत्र दिइएको थियो । स्थानीय डिल्लीमान बस्नेतले प्रतियोगितामा अनुशासित नरमाया तामाङलाई नगद पुरस्कार दिएका थिए । विशेष अतिथि फा. पिटर जोङ लेप्चाले नव चित्रकारलाई केन्द्रमा स्वागत गरेका थिए। युवामा कलाको विकास भएको आफैलाई थाहा भएको कार्यक्रममा बताए ।
यसै गरी विशेष अतिथि मिया काडोले शरणार्थी शिविरमा कलकर्मीहरुको राम्रो सम्भावना रहेको बताउँदै खुसी प्रकट गरिन्। कार्यक्रममा निर्णायकद्धय खतिवडा र सारुले विद्याथीहरुको कमी कमजोरीलाई औल्याएका थिए । कार्यक्रममा गीत पनि प्रस्तुती गरिएको थियो ।
No comments:
Post a Comment