जगेन गौतम
भुटानी शरणार्थी वाल मञ्चले एक भब्य साँस्कृतिक कार्यक्रम माझ आफ्नो १३ औ बार्षिक उत्सव मनाउँदै १४ औ बर्षमा प्रवेश गरेको छ ।
बेलडाँगी–२ विस्तारितमा आयोजना भएको उक्त कार्यक्रममा उत्कृष्ट भूटानी वाल नृत्य बर्ष–२०१० को उपाधि समेत खुदुनावारी शिविरकी वालिका मनिता गुरुङ र शनिश्चरे शरणार्थी शिविरका वालक सनबहादुर गुरुङलाई प्रदान गरेको छ । यलडब्लूएफ द्धारा प्रायोजन गरिएको कार्यक्रममा सातै वटा शरणार्थी शिविरका वालवालिकाले एकल नृत्य प्रस्तुत गरेका थिए ।
शरणार्थी शिविर वेलडाँगी–२ विस्वारीतका वाल मञ्च संयोजक रोज मिथाल तामाङको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न साँस्कृतिक झलकका साथै नाईट ब्याण्डद्धारा १० मिनेट लाईभ कन्सर्ट समेत देखाईएको थियो । कार्यक्रम रोमान्चक भए पनि कार्यक्रममा बोल्ने बत्ता थोरै मात्रै थिए ।
ईन्द्र लकान्द्री, शंकर विश्वा र कमला रिजालको निर्णायक मण्डली रहेको प्रतियोगितामा विभिन्न प्रकारका नृत्य प्रस्तुत गरिएको थियो । पहिलो राउण्डबाट आठ जना, दोस्रोबाट चार हुँदै र अन्तिम वा जर्ज राउण्डबाट एक बालक र एक बालिकालाई उत्कृष्ट छान्दै पुरस्कार वितरण भएको थियो । विभिन्न क्षेत्रबाट आमन्त्रित अतिथिको मन्तब्यलाई भन्दा दर्शकले कलाकारहरुको कलालाई नियालेर हेरिरहेका थिए ।
कार्यक्रममा भूटानी शरणार्थी वाल मञ्च केन्द्रिय समितिका प्रधान संयोजक सुनिता गुरुङले वालवालिकाको मातृभूमिमा जन्मने अधिकार हनन् भए पनि कला प्रस्तुत गर्ने अधिकार हनन् नभएको बताइन् । वालमञ्चले १३ औ वर्ष पार गर्दै १४ वर्षमा प्रवेश गरेको खुसी प्रकट गर्दै स्थापनाको दिन ६ अगष्ट–१९९६ देखि हालसम्म धेरै खालका जनचेतनामूलक कार्यक्रम गरेको समेत उनले बताइन् ।
उक्त क्याम्पका आरसीयू र शिविर सचिवलगायतको विषेश आतिथ्यमा भएको सो कार्यक्रमले वालवालिकाको कलाकारिताका विकास लागि ठूलो भूमिका खेल्ने बुद्धिजीवीवहरुको भनाई थियो ।
No comments:
Post a Comment