Tuesday, August 31, 2010

सम्पादकीय......

विद्यार्थी र पत्रकािरता क्षेत्र
‘आजका विद्यार्थी भोलिका सुनौला विहानी हुन्’ यो भनाईलाई आत्मासाथ गरेर जानु पर्छ । बर्तमान भूटानी शरणार्थी विद्यार्थीको आवश्यकता हो । त्यसैले हामी जहाँ भए पनि सकारात्मक विचार लिएर जानुको साथै काम गर्नु पर्छ, अनि मात्र सफलताको शिखर पुगिन्छ ।
दुई दशक शौक्षिक यात्रामा आज सम्म सातवटा शिविरको विद्यालयले पत्रिका आफ्नै प्रयासमा प्रकाशन गरेको थिएन तर १९९२ देखि २०१० को अन्तराल पछि न्यु हराइजन एकाडामीले खबर मासिक समाचार पत्र प्रकाशनमा ल्याउन सफल भएको छ ।
यो एउटा भुटानी शरणार्थी विद्यार्थी पक्षको निम्ति ठुलो उपलब्धी भएको अनुभव गर्दै गर्वले छाती फुलाउनु स्वाभाविक नै हो । तर कुनै काम थालनी गर्न मात्र हैन त्यस काम लाई निरन्तरता दिन सक्नु ठूलो काम मानिन्छ ।
तसर्थ सम्पूर्ण विद्यार्थीहरुको जीवनमा पत्रकारीताको क्षेत्र नितान्त आवश्यक छ आफुले समुदाय माझ राख्न नसकेको कुरा एउटा कागजको पन्नामा लेखेर प्रस्तुत गर्न सकिन्छ । खबर पत्रिका विद्यार्थीहरुको शौक्षिक र सृजनशिलतालाई सधैभर विकास र संरक्षण गर्नको लागि स्थापना भएको हो ।
तपाईहरुको पवित्र मन भित्र कुनै त्यस्तो छ भने आजै देखि आफ्नो पत्रिका संझी सर–सल्लाह, प्रतिक्रीया र सहयोग दिनु नभूल्नु होला ।





No comments:

Post a Comment