Saturday, September 4, 2010

मुस्लिम धर्म मान्ने मुलकको पहिलो महिला प्रधानमन्त्री


बनेजिर मुस्लिम धर्म मान्ने मुलकको पहिलो महिला प्रधानमन्त्री पनि थिइन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अहिलेसम्म १४ वटा शिखर सम्मेलन भए, ती सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री उनी नै थिइन् । उनका पिता नाम जुल्फकर अलि भुट्टो हो उनी पितामाताकी पहिलो सन्तानको रुपमा २१ जून, १९५३ मा जन्मिएकी थिइन् । जुल्फकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए । बेनजिरले हावर्ड विश्वविद्यालय र अक्सफोर्डमा पढ्ने मौका पाइन् । बेनजिरलाई सन १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबनदमा राखियो । उनी देशबाहिर पनि बसिन् । न.् १९८६ मा देश फर्किइन् । उनको विवाह सन् १७ डिसैम्बर, १९७८ मा सिन्धी व्यापारी परिवारका आसिफ अलि जर्दारीसँग भयो । जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए र १६ नोभेम्बर १९८८ देखि अगस्ट १९९० सम्म पहिलोपटक बेनजिर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन् । १४ नोभेम्बर १९९३ म ा बेनजिर दोस्रो कार्यकाला लागि पनि प्रधानमन्त्री भईन् । उनलाई ५ नाभेभेम्बर १९९३ म राष्ट्रपति फारुक अहमद लेघारीले बर्खास्त गरे । मुस्लिम समुदायम महिलाले राजनीति गरेका त्यती राम्रो मानिदैन । उनी राजनीतिका कारणले आठ वर्ष देश बाहिर बसिन् ।स्वदेश फर्केको दुई महिना नपुग्दै अतिवादीहरुले एक आत्मघति विस्फोट गराई उनको हत्या गरे । २७ डिसेम्बरका २००७ मा पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भट्टोको हत्या भयो ।
शक्तिशालि र धनी परिवारमा जन्मेकी भुट्टो साम्राज्यवादको पतनपछि सिर्जिएको मुस्लिम देशमा निर्वाचित प्रथम महिला प्रधानमन्त्री थिइन सत्तामा रहँदाको बेनजिरको रेकर्ड र mर्किए यताका उनका विरोधाभासपूर्ण क्रियाकला (एकैछिन् जनरल मुसर्रफविरुद्ध उभिने र लगत्तै तानाशाहलाई ठिकै जस्तो ठान्ने) र वास्तविक उद्देश्य भन्दै नभन्ने बानीले गर्दा पाकिस्तानीहरुमाझ उनीबारे आशा र आशंका उत्तिकै उब्जिएका थिए ।
विश्वविद्यालयहरु हार्वर्ड अक्फिोर्डमा पढेकी भुट्टोले वाशिङटन र लन्डनको सदभाव पाइन् । पहिलोपटक १९५५ दखि १९९० सम्म् र फरी १९९३ देखि १९९६ समम् प्रधानमन्त्री भएकी भुट्टौ ले पदममा रहँदा प्रायः जे पायो त्यही ढंगमा काम गरेको उनलाई आरोप लगाइयो ।
सार्वजनिक पदमा रहँदा स्पष्ट हिसावलेकाम नगरेको बारे उनलाई प्रश्नहरु गरियो र पाकिस्तानबाहेक स्वीट्जरल्याण्ड, स्पेन र व्रिटेनमा मुद्दा चलाइयो । भुट्टो निडर र हठी नेतृ थिइन् । जसले पार्टीमा दह्रो पकड राखेकी थिइन् । भुट्टोले प्रायः आफूलाई आफ्ना पिताको उत्तराधिकाीको रुपमा हेरिन् र बुवाले आफूलाई कसरी इन्दिरा गान्धीदेखि जोआन अफ सार्कजस्ता महिला नेतृत्वबारे पढ्न उक्साएका थिए भनी उल्लेख गर्ने गर्थिन् ।
ठूला आकांक्षाको अवधारणालई पछ्याउँदै भुट्टोले आफूलाई पाकिस्तान पिपुल्स पार्टीको आजीवन अध्यक्ष घोष्णा गरिने । लोकतान्त्रिक विचारमा आधारित संस्थाका लागि त्यो केही अनौठोजस्तो लाग्ने पद् थियो । अर्को कुरा १९९० को सुरुतिर उनले पार्टीमा लोकतन्त्रका लागि आमा नुसरत भुट्टोसँग झगडा गरेको समेत स्वीकारेकी थिइन् । शनिवार रातिको एउटना कुटनैतिक रिसेप्सन पार्टीमा भुट्टोले आफू कसरी बढार्यचढाई गर्न सक्छु भन्ने देखाएकी थिइन् । उनी फर्किदा कराँचीमा ३० लाख मानिस आएको उल्लेख गर्दै भुट्टोले त्यो सबैभन्दा ऐतिहासिक ¥याली भएको बताइन् ।
रावलपिण्डीमा आयोजित चुनावी सभालाई सम्बोधन गरी फर्कने क्रममा उनीमाथि आक्रमण भएको थियो । पहलिे उनीमाथि गोली र लगत्तै आत्मघाती विस्फोट भउको थियो । गोली लाग्दा भुट्टो भाषण सिध्याएर कारबाट हात हल्लाउँदै थिइन् । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रफ कारको आकाशतिर खुल्ने झ्यालबाट निस्केर उनी समर्थकहरुलाई अभिवादन गर्दै थिइन् । कार ५० मिटरजति अघि बढ्न नपाउँदै विस्फोटमा परकेो थियो । आक्रमणमा परी गम्भीर घाइते भएकाी भुट्टोलाई अस्पताल पु¥याइएको ३५ मिनेटमा प िमृत घोषित गरिएको थियो । चिकित्सकहरुले साँझ ६ः१६ मा उनलाई मृत घोषित गरको थिए । उनलार्य नजिकैबाट गोली हानिएको थियो । गोली लागेकी भुट्टो विस्फोटनबाट थप घाइते भएकी थिइन् । चिकित्सकहरुका अनुसार उनको टाउँकोमा गम्भीर चोट लागेको थियो ।
पाकिस्तानकी लोकप्रिय नेतृमाथिको उक्त आक्रमणमा कम्तीमा अरु २२ व्यक्ति मारिएका थिए । राजधानी इस्लामावादसँगको शहर रावलपिण्(डीमा आयोजित उक्त सभामा भुट्टोका साथै उनका हजारौ समर्थक भेला भएका िथए ।
विस्फोटपछि घटनास्थलमा वीभत्स रक्तपात देखिएको थियो । सर्वसाधारणका कपडा, जुत्ता र टोपीहरु सडकमा छरपस्ट थिए । प्रत्यक्षदर्शीलाई उद्घृत गर्दै सीएनएनले जनाएअनुसार आक्रमणकारीले आफूसहित विस्फोट गराउनु अघि भुट्टोको घाँटी र छातीमा गोली प्रहार गरको थिए । पूर्वप्रधानमन्त्रीको हत्यालगत्तै पाकिस्तानभर व्यापक विरोध प्रदर्शन भएका थिए । ाति अबेरम्म सडकहरुमा आगजनी प्रदर्शनहरु भए । विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि रक्षास्थिति कडा पारिएको थियो , प्रायः मोवाइल नेटवर्क बन्द भएका थिए । कराँधीलगायत केही शहरमा सडकहरु जाम भएको पनि थियो । भुट्टोलाई मृतथ घोषणा गर्दासम्म अस्पतालमा हजारौंको भीड लागिसकेको थियो । रुष्ट समर्थकहरुले अस्पतलाका झ्यालका सीसा फुटाउन थालेपछि प्रहरीले उनीहरुमाथि बल प्रयोगथ गरी अस्पताल नियन्त्रणमा लिएको थियो । आक्रोशित जनसमूहले त्यही छाती पिट्दै राष्ट्रपति मुर्सफविरुद्ध नाराबाजी गरेका थिए । कैयौ प्रदर्शनकारील े मुसर्रफ कुकुर भन्दै चिच्याएका थिए । राष्ट्रपति मुसर्रफले आक्रमण आत्मघाती बमबाहकले गरेको उल्लेख गर्दे त्यसको निन्दा गरको थिए । उनले पाकिस्तानका तीन दिनको शोक घोषाण गरेका थिए । बेनजिरलाई मुसरर्रफसँग सम्झौता गराउन र अक्टोबर १८ मा उनलाई पाकिस्तान फर्काउन महत्वपूर्ण भूमिका खेलेको अमेरिकी सरकाले हत्यको निन्दा गरको थियो । अमेरिकी राष्ट्रपति जजर्न डब्लु बुसले भने–पाकिस्तानको लोकतन्त्रलाई नजरअन्दाज गर्न खोज्ने हत्यारा उग्रवादीहको कायर क्रियाको संयुक्त राज्य अमेरिका भत्र्सना गछ) ।’



No comments:

Post a Comment