Tuesday, August 31, 2010

नाटक प्रदर्शन


शनिश्चरेशिविर÷विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा सामाजिक जनचेतना विकास समूह एसएडीजीले भुटानी शरणार्थी शिविर शनिश्चरेमा अगस्ट १४ तारिकका दिन सडक नाटक प्रदर्शन गरेको छ ।
असुरक्षित यौन सम्पर्क, लागुपदार्थ दुब्र्यसनी, मानव बेचविखन, एचआईभी एड्सलगायत विषयमा सचेतनाका लागि नाटक प्रदर्शन गरिएको एसएडीजीका कार्यक्रम संयोजक श्याम सापकोटाले बताए । एसएडीजीका कलाकारद्वारा देखाइएको उक्त नाटक शिविरको करिब चार स्थानमा प्रदर्शन गरिएको थियो । नाटक प्रदर्शन युवा मैत्री केन्द्र शनिश्चरेले सहयोग गरेको थियो ।

No comments:

Post a Comment