कसरी बितिरहेको छ दिन ?
अहिले संस्थापक सदस्य भएको कारणले गर्दा अफिस जानुपर्छ र बेलावखत कम्प्युटर जान्छु ।
ख्तपाई त एकिकृत विद्यार्थी गुण चक्रका संस्थापक सदस्य हुनुहुन्छ हाल के कस्ता कार्यक्रम हुदैछ ?
खास अहिले त्यस्तो कार्यक्रम गरिएको छैन तर गर्ने तयारीमा छौ । आज भन्दा अगाडि गुणस्तरीय शिक्षा विकाशको निम्ति कार्यक्रमहरु गरियो ।
ख्एकिकृत विद्यार्थी गुण चक्र हटाउने कुरा थियो नि ?
यो कुरा सत्य हो ।यदी विद्यार्थीहरुको लापरबाही र वेवास्ता हुन्छ भने ।
ख्यो संस्थालाई संरक्षण गर्न के गर्नु पर्छ ?
विद्यार्थीहरुमा एकता हुनु पर्छ र सकारात्मक विचार लिएर शिक्षा क्षेत्रलाई विकास गर्नु पर्छ ।
ख्यो संस्थाले विद्यार्थीहरुको समस्या के कस्तो समाधान गर्न सकेको छ ?
यो संस्थाले विद्याथीप्रति हुने अमानविय ब्यवहार नैतिकहीन क्रियाकलापलाई निरत्साहित गरी विद्यार्थीहरुको समस्यालाई राष्ट्रिय देखि लिएर अन्तराष्ट्रिय अधिवेशन सम्म लगेर समाधान गरेको छ ।
ख्कति विद्यार्थीहरुको गुनासो छ नि ?
गुनासो आउनु स्वभाविककै हो । किन भने जुन रुपमा कार्यक्रम हुनु पथ्र्यो त्यही रुपमा भएको छैन र यसको प्रमुख कारण कारितासले बजेट आवश्यता अनुसार नदिएको हुनाले हो ।
ख्शौक्षिक गुणस्तर कम हुनका के कारण देख्नुहुन्छ ?
मुख्य त तेस्रो मुलुक पुर्नवास हो त्यस पछाडी अभिभावक कमजोडी, गुणसस्तरीय शिक्षण तालिम पर्याप्त रुपमा नहुनु र विद्यार्थीहरुको लापरबाही ।
ख्यो संस्था २००८ मा स्थापना भएता पनि २०१० सम्म आईपुग्दा पनि किन विद्यार्थी मा“झ राम्रो स्थापित हुन सकेन ?
यो संस्था विद्यार्थीहरुको नकारात्मक दृष्टिकोणले गर्दा र गुणस्तरिय शैषिक विकासको विषयमा तालिम लिए पछाडी साथीहरु सक्रिय नहुनाको कारण हो ।
ख्अन्त्यमा के भन्नु हुन्छ ?
स्कूल स्थापना भएको सोह्र÷सत्र वर्ष भयो तर यति समय सम्म कुनै पत्रपत्रिका विद्यार्थीको प्रयासबाट प्रकाशनमा ल्याइएको थिएन । आज आएर खबर मासिक पत्रिका निकालिएकामा म आफै पनि गौरव गर्छु र यसलाई संरक्षण गर्न र निरन्तरता दिनको लागि विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजिवी र युवा वर्गहरुले सधै सल्लाह, सुझाव, प्रतिकृया र सहयोग गर्नु पर्छ ।
No comments:
Post a Comment