भुटानी शरणार्थी शिविर गोल्धापको सेक्टर बि÷२ छोप्रा नम्बर ६४ बताउने भुटानी चित्रकार काशी कडेल आज भन्दा ६ बर्ष अगाडी नै इफाका भुटानमा संग्लन थिए । चित्र कसरी कोर्नु पर्छ भन्ने अभ्यास धेरै भएका कडेलसंग खबरले गरेको जम्काभेट ।
दिनचर्या कसरी विताइ रहनु भएको छ ?
–अहले म, आठ दिने फाइन आर्ट र व्यानर लेखन तालिममा आएको थिए । मेरो दिनचर्या घरमा हुँदा चित्र बनाएर र मार्सल आर्टको प्रशिक्षणमा नै वित्छ ।
हाल सम्ममा कुन–कुन क्षेत्रमा काम गर्नुभयो ?
–म धेरै क्षेत्रमा आवद्ध त छैन तर पनि आर्ट मार्सल आर्ट र जिम्न्यास्टिक मा धेरै नै रुचि राख्छु । तर मलाई डान्स र अभिनयमा पनि त्यति नै रुचि राख्छु ।
शरणार्थी समुदायबाट कलाकारिता क्षेत्रमा लागि पर्नुभएको छ, आफन्त र समावबाट कस्तो प्रेरणा र सहयोग पाउनु भएको छ ?
–आफन्त र समाजबाट एकदमै सहयोग मिलेको छ । मलाई विशेष गरि परिवार र क्षबअब क्ष्लकतचगअतयचक बाट धेरैनै साथ पाएको छु ।
तपाइको विचारमा कला के हो ?
–कला एउटा महासागर हो जसमा धेरै कलाकारहरु पौडिरहेका हुन्छन् । जति धेरै कलाकार भए पनि कलाको कमी हुँदैन । जो यो विद्यामा लाग्छ ऊ त्यसमा एकदमै भिजेर लाग्यो भने मात्र उसले कलाको महत्व वुझ्छ ।
शरणार्थीहरु किन लामो समय सम्म एकै क्षेत्रमा रहिरहदैन ?
–मलाई त्यस्तो लादैन । कलाले कहिल्यै धनी, गरिव, जातपात, शरणार्थी भन्दैन । जसले इच्छा र परिश्रम गर्छ ऊ शरणार्थी त के विश्वसमुदायमा पनि सजिलै टिक्न सक्छ ।
कलाकारिता र शौक्षिक क्षेत्रलाई विकास र निरन्तर दिन के गर्नु पर्छ ?
–जो कहिले पनि कला र शैक्षिक क्षेत्रलाई विकास गर्न त्यसमा भिजेर काम गर्नुपर्छ । धेरै परिश्रम र निरन्तरता गरियो भने कलाको छिट्टै विकास हुन्छ । कलामा मात्र हरेक क्षेत्रमा सफल बन्न निरन्तरचा अति आवश्यक छ ।
अन्त्यमा ?
–कलाको सम्मान गरौ कलाकारलाई माया गरौ उनिहरुलाई प्रोत्साहन दिऔ र कला मदैन, श्रृजना रित्तिदैन कलालाई सधै माया गरौ ।

No comments:
Post a Comment