Saturday, September 4, 2010

जय होस्


हेम गिरी
संसार गोलो छ एक न एक दिन मानिस मानिसमा परिवर्तन आउन स्वभाविकै हो । आज भन्दा केहि समय अगाडि कसैको साहरामा बाच्ने मानिसले आज जसलाई मार्न खोज्छ यो सबै संसार गोलो भएको कारणले गर्दा हो । मानिसको परिवर्तन सँगै राम्रो कुरा कसैको जीवनमा बसेर नराम्रो कुरा भाग्छ भने कसैको जीवनमा नराम्रो कुरा बसेर राम्रो कुरा भाग्छ । साथी हो जीवनको स्रोत हुनु भनेर जीवनमा अगाडी बढ्ने ब्यक्तिले एक एक दिन धोका खाएर संसारको परिभाषा बुझन सक्छन् । कुनै ब्यक्ति त साथी बिना पनि यो पापी संसारमा बाँच्न सक्छन केही कोहि कसै त साथी नभए यो पापी संसारबाट विदा लिन्छ आफैले सबै कुरा जाने पछि अरुलाई सिकाउनु पनि अधिकाशं संसारको ब्यक्तिहरु अगाडी आउदैनन् । कुनै जान्ने ब्यक्तिले सिकाएको बेलामा पनि अधिकांश संसारका ब्यक्ति मैले जानेको छु किन सिकाएको भन्दै उसलाई दास बनाउने कार्य गर्छन ।
नारी जातीको पनि कुरा गरौ । सबैलाई थाही छ उसको त न थर हुन्छ न त जात नै तर उसको लोग्नेको चै जात र थर हुन्छ । नारी जता गयो त्यतै थरको र जातको पुरुषसंग जान्छन् ती नारीहरु । त्यही पुरुषको थरमा र जातमा बोलाईन्छ । पुरुषहरु एउटी नारी लेखक होइन बेश्या भएको नै मन पराउछन् तर एउटा नारी एक रोटीमा आफ्नो शरिर बेच्न पनि पछि पर्दैनन् । उसले आफ्नो आशु र रगत पनि पुरुषका लागि नै बगाइरहेकी हुन्छिन् तर पुरुष भने.......। यो सबै कुरा संसार गोलो भएको कारणले हो ।
कसैको साहराले म ठूलो हु भन्ने र मैले गर्दा उ ठूलो भएको हो भन्नु सबै संसार गोलो भएको कारणले गर्दा हो । शिविर सचिवको चुनाव पनि नजिकिदै गइरहेको छ । शिविरमा चामल नपाएर भोकै बस्ने अधिकांश शरणार्थीहरु पनि छन् । पहिलो चोटी आफूलाई सानो ठानी अरुलाई पनि सानो ठानौ । नत्र केहि आउन सक्छ साता तिनाबाट । साना तिना ब्यक्ति पनि ठूलो ब्यक्तिहरुले मलाई नमस्कार गर्नु पर्छ नत्र उसलाई केहि गर्छु भनेर आफ्नो मन दुखाउनु हुदैन । त्यी ठुलाबडाले त नमस्ते भन्छन् नी तपाई हामी जस्ता सानातिनाले नमस्कार भने पछि ठुलावडाले पनि खाए–नखाए गिच भनेर सानातिनालाई भन्न मिल्दैन सानातिनाले पनि ठुलावडाले नमस्ते गरेन्न भनेर नमस्कार नै गर्न छोड्नु मिल्दैन । सानातिनालाई पनि स्थान दिऔ केहि नयाँ कुरा त्यी सानातिनाले पनि गर्छन । सानातिनामा ब्यक्तिलाई होच्याउने कार्य ठुलाबडाबाट नहोस् । अन्त्यमा ठूलावडाको जय होस्

No comments:

Post a Comment